बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता ७ आश्विन २०७७, बुधबार ०९:१७
 

नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोरोना संक्रमित ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बर्दिया ठाकुरबाबा नगरपालिका निवासी कोरोना पोजेटिभ ती पुरुषको स्वास्थ्य अवस्थामा समस्या आएपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याईएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार उनको मंगलवार साँझ मृत्यु भएको हो ।


योसँगै कोरोना कारण उपचारकालागि बाँके आएर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । यसअघि बर्दियाका १, सुर्खेत, अछाम, कैलाली र अर्घाखाँचीका एकएक जना गरि ५ जनाको मृत्यु भईसकेको छ ।

Next Post

भारी वर्षाको सम्भावना : सचेत रहन आग्रह

७ आश्विन २०७७, बुधबार ०९:१७
नेपालगञ्ज : हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा भईरहेको र यो क्रम अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युनचापीय क्षेत्र रहेको र यो न्युनचापिय क्षेत्र पश्चिम उत्तरपश्चिम सर्दै गरेको महाशाखाले […]