बाँकेमा बुधवार ९ जनामा कोरोना पुष्टि, ११ डिस्चार्ज

सदरलाइन संवाददाता ९ भाद्र २०७८, बुधबार १५:४८
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ७८ नमुना परिक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ७ जना र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

बुधवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ८ जना छन् । तीमध्ये नेपालगञ्ज र कोहलपुरका ४–४ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ९ सय ३२ पुगेको छ ।


यस्तै बुधवार ११ जना डिस्चार्ज भएका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ८५ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १२७ रहेको छ । सिकिस्त बिरामी १४ जना छन भने मध्यम बिरामी ३३ जना रहेका छन् । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फेरी भर्न थाल्यो भेरी अस्पतालको कोभिड वार्ड

९ भाद्र २०७८, बुधबार १५:४८
नेपालगञ्ज : संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ । नेपालगञ्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो । कोरोना संक्रमितले अस्पतालका शय्या क्रमशः भरिदै गएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने संक्रमितको संख्या दैनिक रूपमा […]