सदरलाइनडटकम,
बैतडी : बैतडीस्थित क्वरेन्टीनमा बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका ४, भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वरेन्टीनमा बसेकी भटनाकै २२ वर्षीया सुनिता लुहारको मंगलवार बिहान मृत्यु भएको हो ।
मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इञ्चार्ज रोहितकुमार धानुकले बताए । सोमवार लुहारको अवस्था सामान्य रहेपनि मंगलवार बिहानै मृत्यु भएको उनले बताए । मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै स्वदेश फर्किएर जेठ १८ गतेदेखि श्रीमान् र १८ महिने बच्चासहित क्वरेन्टीनमा बसिरहेका थिए ।
मृतक भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किए पनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन नगरेको उनका श्रीमान् हरिश लुहारले जानकारी दिए । मृतको लुहारको कोरोना परीक्षणको तयारी भइरहेको छ ।


