सदरलाइनडटकम,
नेपालगञ्ज : शनिवार एकैदिन ३ सय २३ जना कोरोनाका संक्रमित थपिएका छन् । जसमध्ये बाँके र बर्दियामा पनि ४० जना थपिएका हुन् ।
योसँगै देशभरमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित १३ जनाको मृत्यु भएको छ भने ३ सय ६५ जना निको भएर घर फर्किएका छन् ।


