सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बिहीवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका तीन, बर्दियाका चार र दैलेखका एकजना जनामा कोरोना पुष्टि भएको हो ।
नेपालगञ्जका एकजना, खजुराका एक र नरैनापुरका एकजना रहेका छन् भने राजापुर बर्दियाका २ जना, बढैयातालका एक र दैलेखका एकजनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै कैलाली लम्कीकी ४३ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा असार ३ गते उपचारका क्रममा मृत्यु भएको थियो । उनी टाउकाको रोगबाट पीडित रहेको भन्दै अस्पतालले बिहीवार मात्र कोरोना भएको पुष्टि गरेको छ ।
