सदरलाइनडटकम,
बैतडी : बैतडीस्थित आइसोलेशनमा खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय पुरूषको शनिवार बिहान घरमै मृत्यु भएको हो । सामान्य स्वास्थ्य समस्या देखिएपछि उपचारको तयारी गरिएपनि उनको मृत्यु भएको उपमेयर मिना चन्दले बताइन् ।
उनले वैशाखदेखि जगन्नाथ बहुमुखी क्याम्पसको आइसोलेशनमा बसेकाहरूलाई खाना पकाउने काम गरिरहेका थिए । उनको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको उपमेयर चन्दले जानकारी दिइन् ।
