सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा थप २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाका अनुसार अब नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४ सय २ पुगेको छ ।
थपिएका नयाँ संक्रमित भक्तपुर र ललितपुरका ५ जना छन् । थपिएका नयाँ संक्रमित १७ देखि ४२ वर्षसम्मका छन् । २४ पुरुष र ३ महिला रहेका छन् ।
झापामा ९, मोरङमा एक, सुनसरीमा एक, सर्लाहीमा दुई, काठमाण्डौमा तीन, भक्तपुरमा एक, मकवानपुरमा एक, रामेछापमा एक, ललितपुरमा एक, सिन्धुलीमा एक, लमजुङमा एक, कपिलवस्तुमा चार र नवलपरासीमा एक जना थपिएका हुन् । उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ ।
