सार्क पत्रकार मञ्चका प्रतिनिधि मण्डल दक्षिण एसियाली विश्वविद्यालयको अध्ययन अवलोकन भ्रमण

सदरलाइन संवाददाता ४ भाद्र २०८१, मंगलवार १८:४३
 

नयाँ दिल्ली : सार्क पत्रकार मञ्चका अन्तराष्ट्रिय अध्यक्षसहितको प्रतिनिधि मण्डलले दक्षिण एसियाली विश्वविद्यालय दिल्लीको अध्ययन अवलोकन भ्रमण गर्नुका साथै विश्वविद्यालयकोअध्यक्ष प्रा. केके अग्रवालसँग विश्वविद्यालयमै भेटवार्ता गरेको छ ।

सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्षलाई उनकै कार्य कक्षमा भेटेर मञ्च र विश्वविद्यालय बीचको पारस्परिक सहकार्यलाई अघि बढाउने कुरामा छलफ भएको छ ।

सो भेटमा उनीहरुबीच यस क्षेत्रको शैक्षिक प्रणाली र दक्षिण एसियाली विश्वविद्यालयको चासोका विषयमा कुराकानी भएको मञ्चका अन्तराष्ट्रिय अध्यक्ष लामाले जानकारी दिए ।

‘दक्षिण एसियाली विश्वविद्यालय कल्याणकारी र दक्षिण एसियाली राष्ट्रहरू बीच शैक्षिक आदानप्रदानलाई प्रर्वद्धन गर्न स्थापना गरिएको हो । त्यसैले हामीलाई यस क्षेत्रमा हाम्रा उद्देश्यहरू अन्वेषण गर्न सार्क पत्रकार मञ्चको सहयोग चाहिन्छ’– सो अवसरमा अध्यक्ष प्रा अग्रवालले भने ।


उनले विश्वविद्यालयका बारेमा जानकारी नभएर वा नेपाली विद्यार्थी पहुँच पुग्न नसकेर यसको फाईदा नेपाली विद्यार्थीले लिन नसकेको जीकिर गरे ।

सो भेटका अवसरमा मञ्चका अध्यक्ष लामाले आफु र आफ्नो संस्थाले विश्वविद्यालयसंग सहकार्य गरी साथ र सहयोग गर्ने आश्वासन दिए । लामाको नेतृत्वमा प्रतिनिधिमण्डलले विश्वविद्यालयका विभिन्न भाग र पाठ्यक्रमसहितका गतिविधिको अवलोकन गरेको थियो । वार्तापछि विश्वविद्यालयले प्रतिनिधिमण्डलका सदस्यहरुलाई सम्मान गरेको छ ।

सो प्रतिनिधि मण्डलमा मञ्चका अन्तराष्ट्रिय सदस्य स्मिता मिश्र, भारत च्याप्टर अध्यक्ष अनिरुद्ध सुधांशु, नेपाल च्याप्टर सम्मेलन तयारी समितिका संयोजक रुद्रप्रसाद सुवेदी, सहसंयोजक मो. आरिफ अन्सारी, विश्वविद्यालयका जनसम्पर्क अधिकारी डा. ओपी यादवलगायत सार्क पत्रकार मञ्चका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस एमालेको सहकार्यबाट मात्र मुलुकको हित हुन्छ  :  महासचिव पोखरेल

४ भाद्र २०८१, मंगलवार १८:४३
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रजातन्त्र भित्र समाजवाद र समाजवाद भित्र प्रजातन्त्र खोज्ने प्रवृत्तिको राजनीति भित्र जति बलशाली हुन्छ त्यसले राजनीतिलाई त्यति सही बाटोमा लैजाने बताएका छन् । नेपाली कांग्रेका नेता स्वर्गीय प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा मंलबार आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाली समाज आज जुन […]