भेरीमा उपचारका लागि आएका ६० मध्ये ५२ जना डिस्चार्ज

सदरलाइन संवाददाता ५ मंसिर २०८०, मंगलवार १५:४१
 

नेपालगञ्ज : जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएका ५२ जना निको भई भेरी अस्पताल नेपालगञ्जबाट घर फिर्ता भएका छन् ।

भुकम्पका घाइतेको उपचार तथा अन्य ब्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले गठन गरेको समितिका फोकलपर्सन स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठका अनुसार भूकम्पपछि अस्पतालमा उपचारका लागि जाजरकोट, पश्चिम रुकुम र सल्यानका गरी ६० जनालाई भर्ना गरिएको थियो ।

अधिकांश विरामी निको भई घर फिर्ता भएपछि अब चारजना मात्र उपचाररत रहेका छन् । स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले भने, ‘हाल अस्पतालमा जाजरकोटका २ जना र रुकुमपश्चिमका २ जना गरी चारजना मात्र उपचाररत रहनुभएको छ ।’


उपचारका लागि ल्याइएका मध्ये ३ जनालाई अन्यत्र अस्पतालमा रिफर गरिएको छ भने एक जनाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो । भेरी अस्पतालले दिएको जानकारीअनुसार पछिल्लो एक साता यता भूकम्पमा परी घाइते भएका विरामी अन्यत्र अस्पतालबाट समेत रिफर भइआएका छैनन् ।

घाइते बिरामीको पूर्ण रूपमा निःशुल्क उपचार गरिएको समितिले जनाएको छ । यसैगरी बिहान साँझ खानाको पनि निःशुल्क ब्यवस्था मिलाइएको छ । डिस्चार्ज हुने विरामीलाई सम्बन्धित स्थानीय तह र यातायात ब्यवसायी समितिसँग समन्वय र सहकार्य गरी घर पठाउने ब्यवस्था मिलाइएको समितिले जनाएको छ । उनीहरुका लागि घरमा तत्कालका लागि आवश्यक सामग्री समेत ब्यवस्था मिलाएर पठाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा मोटरसाइकल चोरीका घटना बढ्दै

५ मंसिर २०८०, मंगलवार १५:४१
नेपालगञ्ज : नेपालगञ्जमा दैनिकजसाो माोटरसाइकल चोरी हुने गरेको छ । घरमै ह्याण्डल लक गरेर राखेको मोटरसाइकल चोरी भइरहेका छन् । सीमावर्ती सहर भएकाले यहाँ चोरी गरिएका मोटरसाइकल तुरुन्तै भारतमा पुग्ने र मोडिफाई भएर भित्रिने गरेको जानकारहरू बताउँछन् । असोज र कात्तिकमा २० वटा मोटरसाइकल हराएकाले खोजबिनका लागि प्रहरीमा निवेदन परेको […]