‘मिस मिडवेष्ट’ को सातौ संस्करण बाँकेको नेपालगन्जमा सन्चालन भईरहेको छ । ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित यसै संस्करणका प्रतियोगि हुन नेपालगञ्ज उप–महानगरपालिका तेजनगरकी सजिना नेपाली । उनी प्रतियोगी नं.५ बाट परिचित सजिना संग भेटेर उनका बारेमा जानकारी गराउने उद्देश्यले उनीसंग गरिएको कुराकानीको सम्पादित अंश ।
रुचि
सजिनालाई विषेश गरि नृत्य गर्न मनपर्छ । त्यसैले पनि उनी नृत्य गर्न बढी रुचाउछिन् । नाचको लागि कुनै गीत बज्दा नाचु नाचु जस्तो हुने गरेको उनी बताउछिन ।
भ्रमण
सजिनालाई सुर्खेत मनपर्ने ठाँउ हो । उनको मामा घर भएकोले पनि होला उनलाई सुर्खेत मनपर्नेुको कारण । सुर्खेत गईरहन मन लाग्ने कारण मामा घर भएर हो वा राम्रो ठँउ भर हो आफै अलमलमा छिन् उनी ।
खाना
चुलबुले स्वभावकी सजिना अलिकति अमिलो र पिरो मनपराउछिन् । पानीपुरी उनलाई औधी मनपर्ने खानेकुरा हो ।
पहिरन
उनलाई जस्तासुकै पहिरन पनि मन पर्छ । तर जुनसुकै समुदाएको पनि साँस्कृतिक पहिरन भन्ने वित्तिकै उनी हुरुक्क हुन्छिन् ।
सिनेमा
सिनेमा तिर भने उनको खासै चासो नभएको बताउने उनी टिभिमा नृत्य भने हेर्ने गरेको बताउछिन ।
अविस्मरणिय क्षण
कक्षा १० मा पढ्दा ३ जना साथी मिलेर कक्षा सञ्चालन भएकै बेला कक्षा बंङ्क गरी सिढीमा लुकेर खाजा खाएको कुरा आफ्नो जीवनको अविस्मरणिय क्षण भएको सजिना बताउछिन् ।
लक्ष्य
सफल मोडल बन्नु नै उनको जिबनको सबै भन्दा महत्वपुर्ण लक्ष्य भएको सजिनाको भनाई छ ।
प्रस्तुती : लक्ष्मी तिमिल्सेना
फोटो : पवन श्रोतिया / ब्लु ओरिजन