सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँके प्रहरीले लागुऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले खजुरा गाउँपालिकाको समन्वयमा सोमवार आयोजना गरेको लागुऔषध दुव्र्यसन ओसार पसार तथा सवारी दुर्घटनाविरुद्ध बृहत सचेतना कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सबैको सहकार्यमा न्यूनीकरणमा लाग्नु पर्ने बताए ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बढ्दो लागुऔषध दुरुपयोगविरुद्ध खजुरा गाउँपालिका सक्रियताका साथ लाग्ने बताउँदै परिवार, विद्यालयका शिक्षक, अभिभावक सबैको सहकार्यमा यसलाई नियन्त्रण गर्न सकिने उल्लेख गरे ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लागऔषधविरुद्ध अभियानमा आफ्नो सक्रिय भूमिका रहने बताए । कार्यक्रममा नाटकमार्फत पनि सन्देश दिइएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेललगायतका वक्ताहरु सहभागी कार्यक्रमको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले सञ्चालन गरेका थिए ।