हवाईसेवा बन्द

१३ भाद्र २०७५, बुधबार १८:०४
 

सुर्खेत, रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द छ । हवाईसेवा बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमका बासिन्दा मारमा परेका छन् ।

विसं २०७४ जेठदेखि सो विमानस्थलमा हवाईसेवा बन्द छ । हवाईसेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । मिसन अस्पतालले रिफर गरेका बिरामीलाई सास्ती भएको छ । बिरामीलाई कच्ची सडक प्रयोग गरी उपचारका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौँ लैजानुपर्ने बाध्यता भएको स्थानीयवासी गोपाल रेग्मीले बताए ।


विमानस्थल नियमित रुपमा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरिरहेको रुकुम पश्चिमका प्रदेशसभा सांसद गोपाल शर्माले बताए । “कम्तीमा हप्तामा एक पटक उडान भर्न प्राधिकरणसँग पहल भइरहेको छ,” उनले भने । केही समय अगाडि रु ४ करोड ५० लाख खर्च गरी उक्त विमानस्थल कालोपत्र गरिएको हो ।

रासस

Next Post

वडाले दिनेभयो निशुल्क सेवा

१३ भाद्र २०७५, बुधबार १८:०४
कालिकोट, कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नं. ५ ले वडाबाट दिईने एक दर्जन बढी सेवालाई निशुल्क बनाएको छ । ‘भष्ट्रचार विरुद्धको चाल, असल शासनको बहाल’ भन्ने मुल नाराका साथ शुभकालिका गाउँपालिका वडा नं.५ ले आफ्नो छुट्टै निति नियम बनाएको छ । विभिन्न स्थानीय सरकारहरूले कर वृद्धि गरिरहेको बेला शुभकालिकाको वडा नं. ५ […]