आइतवार आठौँ राष्ट्रिय योग दिवस मनाईंदै

सदरलाइन संवाददाता १ माघ २०७९, आईतवार १४:४४
 

नेपालगञ्ज : ‘स्वस्थ जीवनको चाहना ः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

मन्त्रिपरिषद्को २०७२ साल साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

यसअघि २०३६ सालदेखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।


वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय योग दिवसका अवसरमा नेपालगञ्जमा सामुहिक योगाभ्यास

१ माघ २०७९, आईतवार १४:४४
नेपालगञ्ज : आइतवार आठौं राष्ट्रिय योग दिवस नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसवर्ष स्वस्थ जिवनको चाहना योग शिक्षा र साधना भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । योग समिति नेपालको केन्द्रिय कार्यालयबाट आज बिहान निस्केको र्याली सेतु विक चोक न्युरोड, त्रिभुवन चोक, चारवाहिनी हुँदै नेपालगञ्ज उपमहानगरपालिका पुगेर […]