बाँकेका कोरोना संक्रमितलाई विभिन्न ठाउँमा राखेर उपचार गरिने

६ जेष्ठ २०७७, मंगलवार १८:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नरैनापुरका कोरोना संक्रमितमध्ये ३४ जनालाई कृषि विकास बैंकको तालिम केन्द्र र २५ जनालाई लायन्स डेन्टल अस्पतालमा राखिने भएको छ । कोभिड १९ क्राइसिस म्यनेज सेन्टर बाँकेको बैठकले दुवै ठाउँमा विरामी राखी स्वास्थ्य र सुरक्षाको प्रवन्ध मिलाउने निर्णय गरेको हो ।
कोहलपुरमा विरामी राख्ने निर्णयलगत्तै स्थानीयवासी विरोधमा उत्रिएका छन् । बैठकले खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको पुरै भवनलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने तयारी गरेको छ ।
यस्तै खजुरास्थित कृषि व्यवसाय सहयोग प्रवर्धन तथा तालिम केन्द्रमा लक्षण नदेखिएका र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लक्षण देखिएका विरामीलाई राखेर उपचार गर्ने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाको अध्यक्षतामा बसेको बैठकले परीक्षण, उपचार, मृतकको व्यवस्थापनलगायत आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीका लागि केन्द्रीय सीसीएमसीसँग आग्रह गर्ने निर्णय गरेको छ ।

Next Post

नरैनापुरबारे मुख्यमन्त्री र समाजिक बिकास मन्त्रीलाई ध्यानाकर्षण

६ जेष्ठ २०७७, मंगलवार १८:१०
सदरलाइनडटकम, नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाइरसको तीब्र संक्रमणको मारमा परेको बाँकेको नरैनापुरका बारेमा विषेश ध्यान दिन पाँच नंंम्बर प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीको ध्यानाकर्षण गराईएको छ । बाँके निर्बाचन क्षेत्र नंं १(क)का प्रदेश सासद कृष्णा केसी नमुनाले ५ न प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक बिकास मन्त्री सुदर्शन […]