सदरलाइनडटकम,
नेपालगञ्ज : पाँच नंम्बर प्रदेसका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बाँकेको नेपालगञ्जमा कोबिड–१९ नोबल कोरोना भाइरसका सक्रमितको संख्या एक्कासी बढेपछि परिक्षणको दायरा बढाउदै थप सक्रमण बढ्न नदिन सचेतना अपनाउन निर्देशन दिएका छन् ।
गत शुक्रबार नेपालगञ्जका एक ६० वर्षे पुरुषमा देखिएको कोरोना संक्रमण आईतबारसम्म उनको सम्पर्कमा आएका परिक्षण गर्दा १५ जनामा संक्रण देखिएपछि स्थलगत निरिक्षणका लागि नेपालगञ्ज आईपुगेका समाजिक बिकास मन्त्री बरालले सो निर्देशन दिएका हुन ।
उनले परिक्षणको लागि आवश्यक पर्ने किट, रिएजेन्ट तथा स्वास्थ्यकर्मी एवम सुरक्षाकर्मीका लागि आवश्यक पर्ने पर्शनल पोटेक्टीभ ईक्यूपमेन्टको पिपिईको कुनै कमी नहुने बताउदै संक्रमण फैलिन नदिनको लागि अपनाउनु पर्ने सबै संयन्त्र प्रयोग गर्न आग्रह समेत गरे ।
सो अवसरमा पाँच नंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापा, मेडिकल विभाग प्रमुख डा. राजन पाण्डे, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद गिरि, स्वास्थ्य सेवा विभागका डा.यदुचन्द्र घिमिरे, डा. प्रकाश बुढाथोकी, भेरी अस्पतालका नर्सिङ्ग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरंजंग शाहलगायतको सहभागिता रहेको थियो ।
उनले स्थलगत निरिक्षणका क्रममा स्वास्थ्यकर्मी तथा बाँकेका सुरक्षा निकायसंग बर्तमान अवस्थाका बारेमा छलफल गर्नुको साथै परिक्षणको दायरा बढाउन आग्रह गरे । उनले तेस्रो चरणको संक्रमणको बेलामा उपयोगमा ल्याउन संघले तोकेको बिषेश अस्पताल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको अवस्थाको बारेमा संचालक डा. सुरेश कुमार कनोडियासग छलफल गरेका थिए ।
यस अघि सामाजिक बिकास मन्त्री बरालले भेरी अस्पतालमा सञ्चालनमा ल्याइएको कोरोना परिक्षण ल्याव र बाँकेको खजुरामा रहेको कोरोना विषेश अस्पतालको स्थलगत निरिक्षण गरी ल्यावको संञ्चालनको बिधिका बारेमा र खजुराको आईसोलेशन अस्पतालमा उपचारको लागि भर्ना भएका विरामीको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
भेरी अस्पतालका मेडिकल सुपरीटेन्ट डा प्रकाशबहादुर थापाले खजुराको आईसोलेशन अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीको अवस्था सामान्य रहेको जानकारी दिए । उनले उनीहरुमा कोरोना संक्रमितमा देखिने कुनै पनि लक्षण नदेखिएको बताए ।
यता बाँके प्रशासनले मंगलबार बिहानदेखि तीन दिनसम्मको लागि नेपालगञ्जमा निषेधज्ञा जारी गर्ने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमवार बसेको सर्बदलीय बैठकले २३ गते मंगलबार बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म निषेधाज्ञा घोषणाका लागि सिफारिस गरेको हो । रोगको संक्रमण पÞmैलिन नदिन कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन र स्याम्पल संकलन बढी भन्दा बढी गर्न निषेधाज्ञा घोषणा गर्न लागिएको उनले बताए ।