शमशानघाट निर्माणमा स्थानीय सक्रीय

२९ पुष २०७५, आईतवार १७:५०
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिका वडा नम्बर ४ भण्डरियास्थित किरण नालामा ब्यवस्थित शमशानघाट निर्माणका लागि स्थानीय बासिन्दाले सक्रियता देखाएका छन् । खजुरा ४ को ईगाउँ, र्पावतीपुर, भण्डरिया, चल्तुवा तथा वेजनाथ गाउँपालिकाको पलौतीपुरका बासिन्दाको बृहत भेलाले शमशानघाट निर्माणका लागि उज्जवल बिसीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा विदुर लामिछाने, सचिवमा भोलाकुमार भल्ल, कोषाध्यक्षमा खिम रोका तथा सदस्यहरुमा रविन्द्र सुनार, बलबहादुर विसी, प्रकाश केसी, टेकबहादुर महतारा, सुशिला नगाल र केवले वली रहेका छन् । भेलाले स्थानीय बासिन्दाको सहयोगमा चारलाख रुपियाको लागतमा जग्गा खरिद गरी बागेश्वरी आर्यघाट निर्माण गर्ने निर्णय गरेको स्थानीय मिलिजुली कृषक बहुउद्धेश्यीय सहकारीका अध्यक्ष खड्क वलीले जानकारी दिए ।
ईगाउँ चौक भन्दा पुर्व भण्डारियामा किरण नाला किनारमा स्थानीयले बर्षोदेखि शम्सानघाटको रुपमा प्रयोग गर्दै आएपनि व्यस्थित नहुँदा समस्या हुने गरेको छ । जग्गा खरिदपछि किरणनालामा बाँध, मलामीका लागि बस्ने टहरो र खानेपानीको धाराको समेत ब्यवस्था गरिने भएको छ ।

Next Post

फोरम प्रवक्ता राईलाई पितृ शोक

२९ पुष २०७५, आईतवार १७:५०
सदरलाइनडटकम, नेपालगञ्ज : संघीय समाजवादी फोरम बाँकेका प्रवक्ता समशुल हक राईलाई पितृ शोक परेको छ । शहरी विकास मन्त्री मो. इस्तियाक राईका स्वकीय सचिवसमेत रहेका प्रवक्ता राईका बुवा मुस्तकिम कवडियाको ६७ बर्षको उमेरमा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो । कवडिया दुईबर्षअघि दुर्घटनामा परी गम्भिर घाइते भएका थिए । दुर्घटनाका […]