फरार ५ जना पक्राउ

सदरलाइन संवाददाता २४ जेष्ठ २०७८, सोमबार १७:०७
 

दाङ : सामुहिक वन मुद्दामा अदालतबाट सजाय तोकिएका फरार पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ५४ वर्षीय गिरिराज गिरी, ५३ वर्षीय रामप्रसाद पाण्डे, ५६ वर्षीय सीता देवकोटा, ४४ वर्षीय लालबहादुर चौधरी र ४७ वर्षीय आलोक घिमिरे छन् ।


जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरुविरुद्ध २०७४ साल चैत्र १४ गते देउखुरी जिल्ला अदालतले वन मुद्दामा एक लाख ३८ हजार ९ सय १७ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेकाहरुलाई जरिवाना अशूलीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनामा अग्रपङ्तीमा खटेर कामगर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई रेडक्रसको स्वास्थ्य सामाग्री

२४ जेष्ठ २०७८, सोमबार १७:०७
नेपालगञ्ज : कोरोना संक्रमणकोबिरुद्ध अग्रपङ्तीमा खटेर काम गर्ने स्वास्थ्यकर्मी, तथा सुरक्षाकर्मीलाई नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले विभिन्न स्वास्थ्य सामाग्री जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मार्फत हस्तान्त्रण गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा आयोजित एक कार्यक्रममा रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झनाले बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट […]