नेपालगन्ज उद्योग बाणिज्य संघमा बैश्य

१३ भाद्र २०७३, सोमबार १४:५७
 

सदरलाइनडटकम    unnamed (1)
१३ भदौ नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा नन्दलाल बैश्य विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वीहरुलाई फराकिलो मत अन्तरले पछाडि पादै नतिजा आफ्नो पक्षमा पार्न सफल भएका हुन ।
गत भदौ ११ गते भएको निर्वाचनमा बैश्य प्यानलबाटै दुई उपाध्यक्ष तथा ७ सदस्य समेत विजय भए । समावेशी समुहको नामबाट प्यानल बनाई चुनावमा होमिएका बैश्यले १ हजार ४ सय ८० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गोपाल अधिकारीले ५ सय ८३ र अर्का उम्मेदवार कपिल प्रसाद अधिकारीले ४ सय ६० मत मात्र प्राप्त गरे ।
यस्तै उपाध्यक्ष (उद्योग) मा सोही समुहका अब्दुल वाहिद मन्सुरी र उपाध्यक्ष (वाणिज्य) मा दुर्गाप्रसाद भण्डारी विजयी भएका छन् । मन्सुरी र भण्डारी दुबै समावेशी प्यानलबाट चुनावी मैदानमा होमिएका थिए ।
त्यसैगरी अन्य निर्वाचित सदस्यहरुमा आदेशकुमार अग्रवाल, अजयकुमार टण्डन, अब्दुल वाहिद अन्सारी, अभयकुमार बस्नेत, ताराकुमारी खत्री, टंक धामी, र श्यामसुन्दर अधिकारी पनि समावेशी प्यानलबाट निर्वाचनमा सहभागी भएका थिए भने धु्रव दाहाल, तपेन्द्र शाह, हरिषचन्द्र श्रेष्ठ, रोहितकुमार टण्डन र सुनील सिंघल भने प्राजातान्त्रीक समुहबाट बिजय हुन सफल भएका छन ।
निर्वाचन परिणाम अनुसार एशोसियट सदस्यमा कन्हैयालाल बैद्य र सन्जय जैन तथा सम्वद्ध सदस्यमा नारायण ज्ञवाली र रमेश शाह निर्वाचित भएका छन् ।
संघको कुल २ हजार ९ सय २६ मतदाता मध्ये २ हजार ६ सय १० मत खसेको थियो । निर्वाचनमा १९ पदका लागी तीन वटा प्यानल र स्वतन्त्र गरी ६१ जनाको उम्मेदवारी परेको थियो । संघको निर्वाचनका लागि तीन वटा प्यानल खडा भएका थिए । समावेशी समुहलाई माओवादी केन्द्र, प्रजातान्त्रिक समुहलाई नेपाली काँग्रेस र समावेशी साझा समुहलाई एमालेको समर्थन रहेको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व आएको खुसियालिमा नन्दलाल बैश्य नेतृत्वको समावेशी समुहले सोमबार नेपालगन्जमा विजय उत्सव निकालेको छ । गत भदौ ११ गते भएको निर्वाचनमा समावेशी प्यानलका वैश्य अध्यक्ष, उनकै टिमका उद्योगतर्फ मुन्सरी र वाणिज्यतर्फ भण्डारी लगायत वहुमत सदस्य निर्वाचत भएका थिए ।
विजय ¥याली न्यूरोड हुँदै पुष्पलालचौक, धम्वोझी, घरवारी टोल, त्रिवेणीमोड हुँदै त्रिभुवन चैकमा पुगेर सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होटलको कोठामा राई मृत अवस्थामा भेटिए

१३ भाद्र २०७३, सोमबार १४:५७
सदरलाइनडटकम १५ भदौ, नेपालगन्ज : कोहलपुरमा रहेको पपलाईफ होटलमा एक युवक मृत अवस्थामा र अर्का युवक गम्भीर घाइते अवस्थामा भेटिएका छन् । प्रहरीले उनको हत्या भएको आशंका गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार नेपालगन्ज–कोहलपुर हाईवेमै पर्ने होटल पपलाईफ कोहलपुरको कोठा नं. २ सय ४ मा बसेका […]

सम्बन्धित