राप्तीसोनारी गाउँपालिकाद्वारा उन्नत जातको धानको वीउ माग

सदरलाइन संवाददाता २० फाल्गुन २०७९, शनिबार १३:३६
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाले उन्नत जातको धानको वीउ माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप खाद्यान्न बालीको उन्नत वीउ उपयोगमा अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा धानको उन्नत वीउ माग गर्न अनुरोध गरेको हो ।


रामधान, चैत ५, राधा ४ र पिआर १२६ जातको धानको वीउ माग गर्न सकिने सूचनामा उल्लेख छ । इच्छुक व्यक्ति तथा सहकारी संस्थाले चैत ३ गतेभित्र आवश्यक कागजातसहित माग आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा प्रभावकारी बन्दै ‘पढाई कुना’

२० फाल्गुन २०७९, शनिबार १३:३६
बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर–२ की आरती थारुकी छोरी प्रकृति थारु ज्ञानोदय आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्छिन् । उनी सधैं विद्यालय गएपनि घरमा पढ्ने बानी पटक्कै थिएन । विद्यालयबाट घर आउँदा विद्यालय पोसाक र झोला जहाँ पायो त्यहीँ फाल्थिन् । तर, उनको घरमा ’पढाई कुना’ बनाएपछि उनको […]