बाँकेमा थप ७ जनामा कोरोना पुष्टी

२३ बैशाख २०७७, मंगलवार ०८:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप ७ जनामा कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । यो संगै बाँकेमा संक्रमितको संख्या २३ पुगेको छ ।

नयाँ पुष्टि भएकाहरुमा नेपालगञ्ज–८ का २२, ३०, ४० वर्षिय पुरुष र सोही स्थानका ९, ३२, ३४ र ५५ वर्षका महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

Next Post

प्याकुरेल बाँके प्रशासनमा सरुवा

२३ बैशाख २०७७, मंगलवार ०८:२२
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भई जिल्ला समन्वय समिति बाँकेमा हाजिर भएको डेढ महिनामै प्याकुरेलको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा प्रशासनमा सरुवा भएको हो । नेपालगञ्जमा कोरोना संक्रमण समुदायमा फैलिएको अवस्थामा प्रशासनमा […]