बाँकेमा लोकतान्त्रिक खेलकुद संघ विस्तार

सदरलाइन संवाददाता २६ मंसिर २०८०, मंगलवार १७:४५
 

नेपालगञ्ज : नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति बाँके मंगलबार गठन गरिएको छ । सुटिङका स्वर्ण पदक खेलाडी बद्दरुद्दिन अन्सारीको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो ।

नेपाली काँग्रेस निकट संघको उपाध्यक्षमा अरुण बिक्रम शाह, सचिव प्रकाश लामिछाने, सहसचिवमा रन्जितसिंह सिजापति र कोषाध्यक्षमा कमला जैसी रहेका छन् । यसैगरी सदस्यहरुमा चक्र क्षेत्री, नवराज रावल, विशाल कर्माचार्य, राहुल गुप्ता, निर्मल चन्द, ओमजंग शाही, चन्द्र राना र मोहम्मद जावेद हल्वाई रहेका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष नरेन्द्र थापाले समिति घोषणा गरेका थिए । संघको कार्यसमिति अहिलेलाई १३ सदस्यीय रहेको र पछि मनोनित गरेर २५ सदस्यीय पुर्याइने थापाले बताए ।


सो क्रममा प्रमुख अतिथी एवम् काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, पुर्बमन्त्री एवम् काँग्रेस नेता सुरेन्द्रबहादुर हमाल, पार्टीका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधान्सु कोइराला, नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, काँग्रेस नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक सभापति धनराज बर्मा र जिल्ला खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष चेतकान्त भट्टराईले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

समिति गठन कार्यक्रम संघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । संघका लुम्बिनी प्रदेश अध्यक्ष थापाले १२ वटै जिल्लामा कार्यसमिति विस्तारलाई पूर्णता दिने क्रममा रहेको बताए । सो कार्यक्रम सञ्चालन अरुण बिक्रम शाहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला शाखाकी प्रमुख नै घरेलु हिंसामा

२६ मंसिर २०८०, मंगलवार १७:४५
नेपालगञ्ज : दैलेखमा महिला अधिकारका लागि पैरवी गर्ने व्यक्ति नै घरेलु हिंसामा परेको खुलासा भएको छ । भैरवी गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मलाकुमारी आचार्य आफैँ घरेलु हिंसामा परेको खुलेको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा नायब सुब्बाका रूपमा कार्यरत श्रीमान् नवराज शर्मा रिजालविरुद्ध निर्मलाले जिल्ला प्रहरी कार्यालय […]