सदरलाइनडटकम,
दैलेख : दैलेखस्थित क्वारेन्टाइनमा बसेका एक जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका दुल्लु नगरपालिका ११ का ४० वर्षीय पुरुष रहेका छन् ।
भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बेहोस भएपछि क्वारेन्टाइनमै उपचार गरिएको थियो । उनको क्वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान १० बजे मुत्यु भएको दुल्लु अस्पतालका प्रमुख डा. पुजा बिसीले बताइन् ।
मुत्यु भएका उनको कोरोना परीक्षणका लागि तीन दिनअगाडि संकलन गरिएको स्वाब कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । तर अझै रिर्पोट आउँन बाँकी रहेको डा. बिसीले बताइन् ।


