२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बुधबार संकलन गरिएको १३६ मध्ये ३४ को नातिजा नेगेटिभ



सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालगञ्ज–८ बाट बुधबार संकलन गरिएको १३६ स्वाब नमुना मध्येबाट ३४ वटाको नतिजा नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार १३६ सेम्पलबाट पहिलो लटमा गरिएको परिक्षणमा ३४ जनाको नतिजा नेगेटिभ आएको हो ।

पहिलो संक्रमित ६० वर्षिय पुरुषसंगको सम्पर्कमा रहेका ९० जनामा टे्सिङ्ग माध्यमबाट गरिएको स्वाब संकलनपछिको परिक्षणमा २२ जना संक्रमित भेटिएपछि आसपासका सम्पर्कमा आएकाहरुको बुधबार स्वाब संकलन गरिएको थियो । उनले बाँकी सेम्पलको परीक्षाण जारी रहेको बताए ।

प्रकाशित मिति : २०७७ वैशाख २५ गते बिहीबार
ताजा समाचार