सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा अर्का एक जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । यो संगै बाँकेमा कोरानाबाट निको हुनेको संख्या २८ पुगेको छ ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ बर्षीय कोरोना संक्रमित पुरुष निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
योसंगै बाँकेमा नेपालगञ्ज ७ का एक जना र नेपालगञ्ज ८ का २४ जना सबै निको भएर घर फर्केका छन् । नरैनापुरका तीन जना युवा पनि दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएका थिए ।
