२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

खजुरालाई बिएमडिएमआईले दियो स्वास्थ्य सामाग्री



सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकालाई बाबटिस्ट मेडिकल एण्ड डेन्टल मिसन इन्टरनेसनल बिएमडिएमआइले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन खजुरा गाउँपालिकाले प्रयोग गर्ने गरी बाबटिस्ट मेडिकल एण्ड डेन्टल मिसन इन्टरनेसनल बिएमडिएमआइले १ नम्बर पिपिइ २५ थान, २ नम्बर पिपिइ ७५ थान, थर्मलगन ४ थान, एन ९५ मास्क ५० थान र सामान्य मास्क १५० थान प्रदान गरेको हो ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले स्वास्थ्य सामाग्री बुझ्दै सो सामाग्री उपयुक्त ठाउँमा प्रयोग गरिने बताए । प्रमुख कक्षपतिले अधिकांश सामग्री आइसोलेसन अस्पतालमा प्रयोग गरिने बताए ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहदुर केसी, योजना अधिकृत दिल बहादुर पौडेल, स्वास्थ्य शाखा प्रमुख पुर्ण खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीको सहभागिता रहेको कार्यक्रममा बिएमडिएमाआइका बिनोदले सो सामग्री हस्तान्तरण गर्दै सही सदुपयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : २०७७ वैशाख १४ गते आइतबार
ताजा समाचार