२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

कोरोनाका एक जना पनि बिरामी छैनन् : उत्तर कोरिया



सदरलाइनडटकम,
काठमाण्डौ : उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि बिरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्री घोषणा गरेको छ ।
विश्वमा झण्डै १० लाख जनामा कोरोना भाइरसको संक्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नभएको दावी गरेको हो ।
उत्तर कोरियाका एक स्वास्थ्य अधिकारीले आफ्नो देशमा आजसम्म कोही पनि संक्रमित नभेटिएको बताएका छन् । (एजेन्सी)

प्रकाशित मिति : २०७६ चैत २० गते बिहीबार
ताजा समाचार