उपमहानगरपालिकामा स्यानिटाइज गर्ने टनेल

१८ बैशाख २०७७, बिहीबार १८:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना महामारी नियन्त्रण गर्दै कार्यालयको कार्यलाई निरन्तरता दिन नेपालगञ्ज उपमहानगरपालिकामा डिसइन्फेक्टेड टनेलको व्यवस्था गरिएको छ । कोरोना भाइरसको प्रभाव कम गरी कर्मचारीलाई सहज तथा सजगताका साथ काम गर्नका लागि उपमहानगरपालिकामा डिसइन्फेक्टेड टनेलको व्यवस्था गरिएको हो ।
उपमहानगरपालिकाका कर्मचारीलगायत बिभिन्न कामले पुग्ने व्यक्तिहरु सोही टनेल भएर कार्यालयमा प्रबेश गर्ने गरेका छन् । टनेल भएर प्रबेश गर्ने व्यक्तिहरुलाई सेन्सरको सहयाताले पुरै शरीर स्यानिटाइज्ड गरिन्छ । बिश्वव्यवापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सबैतिर यसको नियन्त्रण तथा रोकथामको प्रयास जारी छ ।
नेपालगञ्जका सर्वसाधारण र कार्यालयहरुमा पनि नियन्त्रण तथा रोकथामका उपायहरु अवलम्बन गरिएको छ । कोरोना महामारीका बेला कर्मचारी तथा जनप्रतिनिधिहरु प्रत्यक्षरुपमा फिल्डमा खटिने हुँदा उपमहानगरपालिका कार्यालयमा यस्तो टनेल राखिएको हो ।
टनेलको व्यवस्था भने नेपालगञ्जस्थित बागवान जर्नल सप्लायर्सले गरेको छ । सप्लायर्सले डिसइन्फेक्टेड टनेल सञ्चालन गर्नेसम्मको व्यवस्थापन गरेको हो । टनेललाई सप्लायर्सका प्रमुख मोहम्मद हनिफ वागवानले आफैले निर्माण गरेका हुन् ।
करीब ४० हजार खर्चमा निर्माण गरेर प्रदान गरिएको वागवानले जानकारी दिए । उनका अनुसार टनेल सञ्चालनका लागि सेन्सी नोवा कम्पनीको सेन्सर जडान गरिएको छ । डिसइन्फेक्टेड टनेलका लागि आवश्यक औषधी भने उपमहानगरले व्यवस्था गरेको छ ।

Next Post

जुमा स्पोर्टस क्लवद्वारा लकडाउन प्रभावितलाई राहत बितरण

१८ बैशाख २०७७, बिहीबार १८:३५
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगिन आव्हान गरिएको लकडाउन प्रभावितलाई जुमा स्पोर्टस क्लव नेपालगञ्जले राहत वितरण गरेको छ । क्लबका अध्यक्ष तथा नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य भिमबहादुर रानाभाटको अगुवाईमा नेपालगञ्ज वडा नं. ४ को बसपार्क क्षेत्रमा १५० घर परिवारलाई १ लाख ८३ हजार ८ सय […]