भूमि समस्या समाधानको काम अघि बढ्यो

सदरलाइन संवाददाता १५ पुष २०७७, बुधबार १५:४८
 

नेपालगञ्ज : भूमि सम्बन्धि समस्या समाधान आयोग र नेपालगञ्ज उप–महानगरपालिकाबीच भूमिहिन दलित, भूमीहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि बुधवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको उपस्थितीमा उपसचिव गोर्खवहादुर थापा र आयोगका उपसचिव राजेन्द्र अर्यालबीच सम्झौता भएको हो ।

नेपालगञ्ज उप–महानगरपालिकाका उपमेयर थापा मगरले आयोगसँग सम्झौता भएपछि नगरक्षेत्रमा देखिएको भूमि सम्बन्धि समस्या समाधान हुने चरणमा प्रवेश गरेको जानकारी दिइन् ।


नगरको वडा नम्बर १९ र २० मा सबैभन्दा बढि भूमि सम्बन्धि समस्या देखिएको छ । पछि गाभिएका साविकका गाविसमा समेत फाट्टफुट्ट भूमि सम्बन्धि समस्या देखिएका छन् ।नेपालगञ्जमा आयोगसँग सम्झौता भएपछि लगत सङ्कलन एकाई सञ्चालनको तयारी गरिएको छ ।

आयोगसँग सम्झौता भएपछि भूमीहिन दलित, भूमीहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि उनीहरुको पहिचान, लगत संकलन र प्रमाणिकीकरणको काम स्थानीय तहले गर्नेछ ।

Next Post

खजुरामा विद्यालय भवन उद्घाटन

१५ पुष २०७७, बुधबार १५:४८
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ मा मनकामना आधारभूत विद्यालयको तीन कोठे नयाँ भवन निर्माण भएको छ । भूकम्प प्रतिरोधी नयाँ सुविधा सम्पन्न भवनको शुक्रवार खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले एक समारोहका वीच उद्घाटन गरे । विल्ड अन नेपालबाट २१ लाख ६ हजार ३६१ रुपैयाँ बराबरको निर्माण […]