द्वन्द्वपीडित सङ्घद्वारा सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गर्दा पीडितकेन्द्रित भावनालाई समेट्न माग

सदरलाइन संवाददाता २० भाद्र २०८१, बिहीबार १८:२६
 

काठमाडौ :  प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गर्दा पीडितकेन्द्रित भावनालाई समेट्न माग गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुुझाउँदै सङ्घले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्दा राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्षरुपमा प्राथमिकता दिन सक्ने व्यक्तिलाई महत्व दिन आग्रह गरेको हो ।


सो सम्बन्धी कानुन संसद्बाट पारित भई यही भदौ १५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । सङ्घका अध्यक्ष हिमाकुमारी घर्ती नेतृत्वको प्रतिनिधिमण्डले दिएको ज्ञापनपत्रमा २०६३ सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएको प्रति पीडित रु सात लाख पचास हजार मध्ये रु एक लाख पचास हजारका दरले मात्रै रकम प्राप्त भएकाले बाँकी रकम निकासाका लागि पनि स्मरण गराइएको छ ।

One thought on “द्वन्द्वपीडित सङ्घद्वारा सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गर्दा पीडितकेन्द्रित भावनालाई समेट्न माग

  1. Thank you for sharing this insightful article! I found the information really useful and thought-provoking. Your writing style is engaging, and it made the topic much easier to understand. Looking forward to reading more of your posts!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोशी प्रदेशका सबै जिल्लालाई राजधानी जोड्न आन्तरिक हवाई उडानको तयारी गरिदै

२० भाद्र २०८१, बिहीबार १८:२६
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी तथा हिमाली जिल्लाहरुलाई प्रदेश राजधानी विराटनगरसँग जोड्न विभिन्न विमानस्थलहरुमा उडान सुरु गर्न पहल गरिरहेको बताएका छन् । मुख्यमन्त्री कार्कीले विराटनगरमा आयोजित दोश्रो आवधिक योजना निर्माणमा सहयोग गर्ने प्राध्यापकहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गरे बंगलादेश र […]