बाँकेबाट परीक्षणका लागि पठाइएका सबैको रिर्पोट नेगेटिभ

२९ चैत्र २०७६, शनिबार १६:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा हालसम्म परीक्षणका लागि पठाइएका व्यक्तिहरुको ‘थ्रोट स्वाव’ सबै रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोरोना भाइरस संक्रमण परीक्षणका लागि पठाइएका सबैको रिर्पोट नेगेटिभ आएको हो ।
उनका अनुसार हालसम्म बाँकेबाट ७० जनाको ‘थ्रोट स्वाव’ नमूना संकलन गरी परीक्षणका लागि पठाइएको थियो । बाँकेको आठवटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरेर बाहिरी देशबाट आएका र शंका लागेका व्यक्तिलाई राखेपनि हालसम्म ७० जनाको मात्र ‘थ्रोट स्वाव’ संकलन गरिएको छ ।
जसमा नेपालगञ्ज महेन्द्र बहुमुखि क्याम्पस, भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज तथा कोहलपुर, आर्मी अस्पताल र दशगजा क्षेत्रमा निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको परीक्षण गरिएको छ । आठवटै स्थानीय तहमा ७ सय ४० बेडको क्वारेन्टाइनमा हालसम्म चार सय ८९ जनालाई राखिएको छ । जसमध्ये ४६ महिला र ४ सय ४३ पुरुष रहेका छन् ।

Next Post

नेपालगञ्ज उपमहानगरपालिका–१९ द्वारा राहत वितरण

२९ चैत्र २०७६, शनिबार १६:५५
सदरलाइनडटकम, नेपालगञ्ज :  विश्वव्यापीरुपमा फैलिएको नोबोल कोरोना भाईरस (कोभिड १९) का कारण अहिले विश्वजगत नै लकडाउनमा छ । यसको कारण दैनिक ज्यालादारी गरी आफ्नो दैनिकी टार्ने गरिव जनताको लागि केन्द्र÷प्रदेश र स्थानीय सरकारले विभिन्न राहत वितरण कायक्रम गरिहरेको छन् । नेपालगञ्ज उपमहानगरपालिका १९ वडा कार्यालयले शनिबार कण्ठिपुर निमाविको प्रांगणबाट खाद्य […]