पत्रकार शुक्रऋषि चौलागाईंलाई मातृशोक

सदरलाइन संवाददाता १५ बैशाख २०८०, शुक्रबार १२:४९
 

नेपालगञ्ज : नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईंलाई मातृशोक परेको छ ।

रेडियो बागेश्वरी एफएमका स्टेशन म्यानेजर समेत रहेका चौलागाईंकी आमा बिनशोवा चौलागाईंको ८१ वर्षको उमेरमा असमायिक निधन भएको हो ।


पारिवारिक स्रोतका अनुसार उनी मस्तिष्क घात भएर भेरी अस्पतालमा बिगत ६ दिनदेखि उपचाररत थिइन् । उपचारको क्रममा बिहिवार राति १०ः५० बजेतिर उनको असमायिक निधन भएको बताइएको छ ।

बर्दियाको राजापुरमा शुक्रबार हिन्दू धार्मिक विधिपुर्वक अन्त्येष्टी गरिने छ । बर्दियाको राजापुर वडा नम्बर ८ ओस्ताजपुर निवासी मृतक चौलागाईंका ४ छोरी र २ छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशका नववियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ

१५ बैशाख २०८०, शुक्रबार १२:४९
नेपालगञ्ज : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम शपथ खुवाएका हुन् । शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री लीला गिरीसहित गठबन्धन दलका नेता–कार्यकर्ता सहभागी थिए । सत्ता साझेदार दलहरूबीच […]