जुमा स्पोर्टस क्लवद्वारा लकडाउन प्रभावितलाई राहत बितरण

१८ बैशाख २०७७, बिहीबार १८:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगिन आव्हान गरिएको लकडाउन प्रभावितलाई जुमा स्पोर्टस क्लव नेपालगञ्जले राहत वितरण गरेको छ ।

क्लबका अध्यक्ष तथा नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य भिमबहादुर रानाभाटको अगुवाईमा नेपालगञ्ज वडा नं. ४ को बसपार्क क्षेत्रमा १५० घर परिवारलाई १ लाख ८३ हजार ८ सय १० बराबरको खाद्यान्न बिरतण गरिएको हो ।


यतिबेला मुलक लकडाउनको अवस्थामा रहेको बेला दैनिक ज्याला मजदुरी गर्ने मजदुर, बाहिर जिल्लाबाट विभिन्न पेशा तथा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी चामल २ हजार २ सय २५ किलो, दाल ३ सय किलो नुन, १ सय ५० किलो, सोयाबिन १ सय ५० किलो र तेल १ सय ५० लिटर गरी सो वडाका वडा अध्यक्ष सफिक बेहना सहित स्थानीय जनप्रतिनिधिको उपस्थितिमा बितरण गरिएको हो ।

सो अवसरमा क्लवका सल्लाहकार, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, क्लवका विपद कालिन राहत कोषका संयोजक एवं प्रवक्ता सूर्यमणि अधिकारी, उपाध्यक्षद्वय, दिर्घराज उपाध्याय, शिवप्रसाद दाहाल, कोषाध्यक्ष सन्तोष पौडेल, सदस्यहरु टोपबहादुर थापा, अमृत श्रेष्ठ, माधव अर्याल, नेत्रबहादुर बञ्जारा, अपूर्व सिंह लगायतको सहभागिता रहेको थियो ।

Next Post

नेपालीको दुःखमा मल्हम लगाउँदै अखिल भारत नेपाली एकता समाज

१८ बैशाख २०७७, बिहीबार १८:३५
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोनाका कारण भारत सरकारले लकडाउन गरेपछि कामका लागि भारत गएका नेपालीको विचल्ली भएको छ । भारत सरकारले रासन कार्ड भएका मजदुरलाई मात्र राहत वितरण गर्ने नीति अघि सारेपछि कामका लागि भारत गएका नेपालीलाई एक छाक टार्न मुस्लिक परेको छ । जुन देशमा बसेको छ त्यहि देशमा बस्नुपर्ने […]