नेपाल आउने ट्रक सेनिटाईज गरेर प्रवेश गराउदै

९ बैशाख २०७७, मंगलवार १४:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन नेपाल भारत सीमा शिल हुँदा पनि अत्यावश्यक सामान बोकेका मालबाहक ट्रकको आवगमन भने सुचारु छ ।

भारतबाट अत्यावश्यक सामान बोकेर आएका यस्ता मालबाहक ट्रकलाई नेपाल प्रवेश अघि जमुनाह नाकामा सेनिटाईज गरेर मात्र प्रवेश गराउने गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाबाट सञ्चालित हेल्थ डेस्कले ट्रकमा आएका चालक सहचालकको तापक्रम लिने तथा उनीहरुको स्वास्थ्य जाँच गर्ने र ट्रक सेनिटाईज गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।


उनले जमुनाहमा खटेको सशस्त्र प्रहरीको राजश्व सुरक्षा गस्तीको टोलीले उपमहानगरले उपलब्ध गराएको सेनिटाईजेशन गर्ने औषधि छरेर मात्र नेपाल प्रवेश गराउनुको साथै चालक सहचालकको स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेश गराउने व्यवस्था मिलाएको बताए ।

जमुनाह नाकाबाट दैनिक जसो खाद्यान्न, तरकारी, औषधि, खाना पकाउने ग्याँस, पेट्रोलियम पदार्थ, फलफुलबोकेर ट्रक नेपाल प्रवेश गर्ने गरेका छन ।

Next Post

उदयपुरमा अर्को एक जनामा कोरोना संक्रमण

९ बैशाख २०७७, मंगलवार १४:११
सदरलाइनडटकम, काठमाण्डौ : उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ भने ४ जना निको भएर घर फर्किसकेका छन् । यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा […]