जिल्ला प्रहरी बाँकेद्वारा असार महिनामा सम्पादित कार्यप्रगती सार्वजनिक

सदरलाइन संवाददाता २ श्रावण २०८१, बुधबार १२:३३
 

नेपालगञ्ज :  बाँके प्रहरीले जिल्ला प्रहरी कार्यालय, बाँकेबाट २०८१ असार महिनामा सम्पादित प्रमुख कार्य प्रगति बिवरण सार्वजनिक गरेको छ । जिल्लामा एस्पी तुलबहादुर कार्कीले कमाण्ड सम्हाले यता कार्यालय वा मातहतबाट सम्पादित कार्य प्रगति विवरण सार्वजनिक हुँदै आएको छ ।

कार्यालयबाट असार महिनामा अबैध ओसारपसार तथा भन्सार छलीका सामान नियन्त्रणमा लिएर गरिएको कारवाहीबाट ८५ लाख ३६ हजार ८ सय बराबरको १ भ्यान र ३ वटा मोटरसाईकल समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकाय पठाईएको जनाएको छ ।

सुरक्षित सडक बनाउने अभियान मार्फत ट्राफिक कारवाहीबाट २ हजार ७ सय ५४ वटा सावरी साधनलाई कारवाही गरी २१ लाख ४९ हजार ५ सय राजस्व संकलन गरेको छ ।

अबैधरुपमा भारतबाट ल्याएको अन्दाजी मुल्य १ लाख ६० हजार बराबरको १ हजार ६ सय वटा ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिएर पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्ज पठाईएको जनाएको छ ।

अबैध रुपमा ल्याई राखेको ३५ हजार मुल्य बराबरको सालको गोलिया काठ बरामद गरी नेपालगञ्ज सब–डिभिजन वन कार्यालय बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

असार महिनामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट भएका अपराध अनुसन्धान र कारवाही

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक नारायण डाँगीले असार महिनामा जम्मा १ सय ४५ वटा मुद्दा दर्ता भएकोमा ९१ जना ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको बताए ।

उनले यो अवधीमा ५४ वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरिएको, ६४जना फरार अपराधी पक्राउ गरीएको, जसबाट ३ बर्ष ३ महिना ११ दिन कैद र ३ लाख १३ हजार ७ सय २७ जरिवाना असूलउपर गरिएको बताए ।

यसैगरी असार महिनामा ठाडो उजुरी ४ सय २४ वटा प्राप्त भएको र यी मध्ये ३ सय ५२ वटा फर्छौट भएकोमा १० वटा सम्बन्धित निकायमा पठाईएको र ६२ वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको उल्लेख छ ।

लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी २५ ग्राम ९ सय ४० मिलिग्राम ब्राउन सुगर लागू औषध सहित १७ जना ओसारपसारकर्ताहरुलाइ कानूनी दायरामा ल्याईएको जनाईएको छ ।

असार ३० गते नेपालगञ्ंज–४ आफ्नै घरबाट हराएको मोटरसाईकल फेला पारी सवारी धनिको जिम्मा लगाईएको, हराएका १५ थान मोबाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाईएको, प्राचिन स्मारक (बुद्धको मुर्ती) सहित ३ जना ब्यक्तिहरु पक्राउ गरी कानूनी दायरामा ल्याईएको जनाईएको छ ।

यसैगरी गत २०८० बैशाख २९ गते समुदरानी थारुको घाँटी रेटि हत्या गरी फरार रहेका शैलेन्द्र थारुलाई मिति २०८१ असार १४ गते पक्राउ गरी कानूनी दायरामा ल्याईएको, २०८१ असार २८ गते हुण्डि कारोबारमा संलग्न ३ जनालाई नगद २४ लाख ६२ हजार ३ सय १५ सहित पक्राउ गरी कानूनी दायरामा ल्याईएको उल्लेख छ ।


बाँके प्रहरीले असार ३० गते २ हजार ट्याबलेट प्रतिबन्धित औषधि सहित २ जना मानिसहरुलाई पक्राउ गरी थप कारवाहीको लागि औषधी ब्यवस्था बिभाग नेपालगञ्ज बाँकेमा पठाएको जनाएको छ ।

महिला बालबालिकासंग सम्बन्धित अपराध अनुसन्धान/कारवाही

बाँके प्रहरीले चालु आर्थिक वर्षको असार मसान्तसम्ममा महिला बालबालिकासंग सम्बन्धित अपराध अन्तरगत १४ वटा मुद्दा दर्ता भएकोमा १२ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ ।

प्रहरीले यो अबधीमा घरेलु हिंशा सम्बन्धी ७० वटा उजुरी प्राप्त गरेकोमा ४६ वटा फर्छौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको, हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धमा ३४ वटा निबेदन प्राप्त भएकोमा १४ जना फेला पारी अबिभावकको जिम्मा लगाईएको बाँकी खोजतलासको क्रममा रहेको जनाएको छ ।

समुदाय प्रहरी सहकार्य/गतिविधी

बाँके प्रहरीले जिल्लामा सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक सचेतना तर्फ असार महिनामा १ सय ४४ वटा सचेतनामुलक कार्यक्रम (लेन अनुशासन,जेब्रा क्रसिङ, ट्राफिक लाईट) संचालन गरीएको जनाएको छ ।

यसैगरी यो महिनामा समुदाय र प्रहरी सहकार्य अन्तर्गत ४१ वटा सचेतनामुलक कार्यक्रम मध्ये २ वटा आत्महत्या न्यूनीकरण, २१वटा लागू औषधबिरुद्ध सचेतना र अल्पशंख्यकसंग प्रहरी १ वटा कार्यक्रम संचालन गरेको छ ।

नेपालञ्ंज उप–महानगरपालिकाको सहकार्यमा ‘लागू औषध दुव्र्यसन तथा ओसारपसारविरुद्ध एकिकृत अभियान २०८१’ सम्पन्न भएको जस अन्तर्गत नेपालगञ्ज नगरको ११ स्थानमा जनचेतना मुलक होर्डिङ बोर्ड स्थापना, लागू औषध उन्मुखहरुसंग फुटसल प्रतियोगिता, कक्षा ९÷१०मा अधयनरत् बिद्यार्थीहरु बिच निबन्ध लेखन प्रतियोगिता, सचेतनामुलक सडक नाटक प्रदर्शन, जमुनाह नाका र बिमानस्थलमा डग स्निफिङ, सचेतनामुलक रेडियो जिंगल प्रशारणलगायतको सम्पुर्ण कार्य सम्पन्न गरिएको जनाएको छ ।

आन्तरिक सुदृढीकरण प्रयास

बाँके प्रहरीले आफ्ना विभिन्न ईकाईलाई अपराध नियन्त्रणमा उर्जा थप्ने उद्देश्यले पुरस्कृत गर्ने कार्य अनुसार असार महिनामा उत्कृष्ठ प्रहरी युनिट कार्यक्रम अन्तर्गतवडा प्रहरी कार्यालय नेपालगञ्ंज बाँकेलाई उत्कृष्ट प्रहरी इकाई घोषणा गरिएको छ ।

यसैगरी आचरण बिपरीत कार्य गर्ने ३ जना प्रहरी कर्मचारीहरुलाई बिभागीय कारवाही गरीएको र उत्कृष्ट कार्य गर्ने ४७ जना प्रहरी कर्मचारीहरुलाई तिन पुस्तेमा जनिने गरी पुरस्कृत गरिएको, जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङ रोगन तथा कार्यालय परिसर मर्मत तथा सौन्दर्यकरण गरि सेवाग्राही मैत्री वातावरण तयार गरिएको, नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा नेपालञ्ंजको मुख्य चोक धम्बोझी र जिप्रका. बाँके सडक खण्डमा ६ वटा सिसिटिभि क्यामेरा जडान गरीएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शान्तिपूर्वक बाँकेमा ताजिया सेलाईयो

२ श्रावण २०८१, बुधबार १२:३३
नेपालगञ्ज : मुस्लिम समुदायमा दुःख प्रकट गरी मनाइने मोहर्रमको अन्तिम दिन बुधबार बिभिन्न कार्यक्रमका साथ शान्तिपूर्ण सम्पन्न भएको छ । ईराकको करवलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका इमाम हुसेन र इमाम हसनलगायतको सम्झनामा मुस्लिम समुदायमा मोहर्रम दश दिनसम्म मनाउने गरिन्छ । हत्या गरिएका तिनै धार्मिक शहिदहरुको सम्झनामा तयार […]

सम्बन्धित