नेपालगञ्ज : छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । नेपालगञ्जमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ । सीमावर्ती बजारमा भारतीय माटाका भाडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो ।
नेपालगञ्ज बजारका विभिन्न ठाउँमा माटाका भाँडा बिक्री हुँदै आएका छन् । सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुमालेको व्यस्तता निकै बढेको छ ।
तराई क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।
विभिन्न स्थान र सीमावर्ती बजारमा छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, माटोको हाती, ढकनालगायतका भाँडाको बिक्री बढेको माटाका भाडा बनाउनेहरु बताउँछन् ।
नेपालगञ्जको एमपी स्कुल नजिकै माटोका भाडा बनाउनेहरु अहिले व्यस्त देखिन्छन् । तिहारमा पनि माटोको दियोको माग बढ्दो थियो । अब छठमा पनि उस्तै विक्रि हुन्छ, त्यसैले माग अनुसार भाडा बनाईरहेको उनिहरु बताउँछन् ।