भेरीको परीक्षणमा ८१ मध्ये ७५ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ५ बैशाख २०७८, आईतवार १५:११
 

नेपालगञ्ज : भेरी अस्पतालमा ८१ स्वाब परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा ७५ जनाको रिपोर्ट पोजिटिभ आएको भेरी अस्पतालले जनाएको छ । जुन ९२.५९ प्रतिशत संक्रमण दर हो ।


अस्पतालका अनुसार, संक्रमितहरु स्वासप्रस्वासमा समस्या, ज्वरो तथा अन्य लक्षणसहित आफै अस्पतालमा उपचार गर्न आएका व्यक्तिहरु हुन् । उनिहरुलाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा पिसिआर जाँच गर्न लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रशासनको कडाईपछि नेपालगञ्ज नाका सुनसान

५ बैशाख २०७८, आईतवार १५:११
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले कडाई गरेपछि नेपालगञ्ज नाका सुनसान भएको छ । किनमेलका लागि भारतीय सीमा बजार रुपइडिहा आउजाउ गर्दा सर्वसाधारणमा कोरोना संक्रमण हुनसक्ने खतरालाई दृष्टिगत गर्दै बाँके प्रशासनले किनमेलका लागि भारतीय सीमा बजार रुपइडिहा जान रोक लगाएपछि नेपालगञ्ज नाका सुनसान भएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सई […]