विप्लव समूहसँग केही दिनमा वार्ता हुन्छ : प्रधानमन्त्री ओली

सदरलाइन संवाददाता १६ फाल्गुन २०७७, आईतवार १६:३४
 

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग छिट्टै वार्ता हुने बताएका छन् ।

झापाको कमल गाउँपालिकामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको आइतवार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले शान्ति सुरक्षामा चुनौती मानिएको विप्लव समूहसँग छिट्टै वार्ता हुने बताएका हुन् ।


‘शान्ति सुरक्षाको चुनौतीको रूपमा रहेको विप्लव समस्याको पनि छिट्टै समाधान हुँदैछ । तपाईंहरूले घर बसीबसी समस्या समाधानको कार्यक्रम छिट्टै टिभीमा देख्नुहुनेछ,’ प्रधानमन्त्री ओलीले भने ।

सरकारसँगको वार्ताका लागि तयार रहेको विप्लव समूहले यसअघि नै बताइसकेको छ । सरकारले विप्लव समूहसँग भित्रभित्रै अनौपचारिक वार्ता गरिरहेको चर्चा चलिरहेको छ ।

Next Post

चार जना बालिका बलात्कार गर्ने किशोर पक्राउ

१६ फाल्गुन २०७७, आईतवार १६:३४
बर्दिया : बर्दिया जिल्लामा एउटै गाउँका ४ जना बालिकालाई बलात्कार गरको आरोपमा एक किशोर पक्राउ परेका छन् । बाँसगढी नगरपालिकाका ४ जना बालिकाको हातखुट्टा बाँधेर बलात्कार गर्ने ती १४ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । एक हप्ताअघि विद्यालयबाट फर्किएर बाटोमा खेलिरहेका ५–५ वर्षीया २, ६ वर्षीया १ र ८ […]