चिकित्सकद्वारा आकस्मिकबाहेक सबै सेवा ठप्प

१० फाल्गुन २०७५, शुक्रबार १४:५१
 

सदरलाइनडटकम,
काठमाण्डौ : आन्दोलनरत सरकारी चिकित्सकहरुले शुक्रवार देशभरका सबै अस्पतालहरुको आकस्मिकबाहेकका सेवा बहिष्कार गरेका छन । स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दवाव दिँदै आएका सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।
उनीहरुले शुक्रबार बिहान झण्डै १० बजेतिर वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बहिष्कार गरेका थिए । स्थानीय तहको मातहत रहने तथा आफूहरुको वृत्ति विकास समेत नहुने गरी ल्याइएको ऐन सच्याउन सरकारलाई बाध्य पार्न एक दिन अस्पतालका सेवाहरु बहिष्कार गर्नुपरेको सरकारी चिकित्सक संघ, नेपाल (गोदान)का अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।
सरकारी चिकित्सकहरुले आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन विगत १ महिनायता विरोध प्रर्दशन र धर्नासहितको कार्यक्रम गर्दै आएको थियो । अध्यक्ष पाण्डेले सरकारले शान्तिपूर्ण आन्दोलन गरिरहेका आफूहरुको माग सुनुवाइ नगरेपछि अस्पतालको सेवा नै बहिष्कार गर्नेलगायत आन्दोलनका कडा कार्यक्रम सुरु गर्नुपरेको स्पष्ट पारे । सरकारी चिकित्सकहरुले अस्पतालको सेवा बहिष्कार गर्दा पनि आफ्नो माग सम्बोधन गर्न सरकार तयार नभए सामूहिक राजीनामा दिने चेतावनी समेत दिँदै आएका छन् ।


विरामीहरु आक्रोशित
यसैबीच, शुक्रवार वीर अस्पताल पुगेका विरामीहरुले आफूहरुलाई बिचल्लीमा पारेको भन्दै सरकारी चिकित्सकहरुप्रति आक्रोश व्यक्त गरेका थिए । अस्पतालमा पुगेका विरामीहरुले आफूहरु अस्पताल आएको तर टिकट काउन्टर नै बन्द भएको भन्दै गुनासो व्यक्त गरेका छन् । सरकारले स्थानीय तहको मातहत रहने व्यवस्थासहित निजामती कर्मचारी ऐन ल्याएपछि त्यसलाई सच्याउन माग गर्दै सरकारी चिकित्सकहरुले आन्दोलनको कार्यक्रमलाई झनै सशक्त बनाउँदै लगेका हुन् ।

Next Post

बाँकेका ग्यास बिक्रेता पनि आन्दोलित

१० फाल्गुन २०७५, शुक्रबार १४:५१
सदरलाइनडटकम, नेपालगञ्ज : एलपी ग्यास उद्योगीको आन्दोलनमा बाँकेसहित देश भरिका बिक्रेताले ऐक्यवद्धता जनाएका छन् । पत्रकार सम्मेलन गरेर ग्यास बिक्रेता संघले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताएको हो । यसअघि बिहीवार उद्योगीहरुले विभिन्न १० बुँदे माग राखेर पूरा गर्न १० दिनको अल्टिमेटम दिएका थिए । संघका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले […]