राप्तीसोनारी (बाँके) : लगातारको वर्षातको कारण राप्ती नदीमा आएको बाढीले राप्तीसोनारी गाउपालिकाको फत्तेपुर क्षेत्रमा पुराएको क्षेतीको अवस्थाको अनुगमनसंगै समाधानको लागि पहल गरिएको छ ।
माओवादी केन्द्र–नेपाली काँग्रेसलगायतको गठबन्धनको बाँके प्रदेश सभा क्षेत्र नं. १ क बाट उम्मेदवार रहेकी कृष्णा केसी नमुनाको पहलमा राप्तीसोनारी गाउपालिका वडानं. ६ र ७ मा राप्ती नदीको बाढीले पुराएको क्षेतिको अवलोकन गरिनुको साथै समाधानको पहल भएको छ ।
उम्मेदवारी दर्ता गरेसंगै आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसार भन्दा पनि बाढीको कारण प्रताडित रहेका जनताको समस्या सुन्न सरोकारवाला निकाय सहित उनीहरुको समस्याको समाधानको लागि आफु निरन्तर प्रभावित क्षेत्रमा रहेको उनले प्रतिक्रिया दिईन ।


उनी २०७४ सालको निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएकी थिईन । ‘हिजो उम्मेदवारी दर्ता गरेसंगै जनताको समस्या बुझ्न र समाधानको उपाय खोज्दै प्रभावित क्षेत्रमा पुगेकी छु । चुनावमा मात्र होईन आफु अघिपछि पनि जनताको घरदैलोमा पुगेकै छु । सकेको जिम्मवारी बहन गरेको छु र गर्छु पनि’–उनले भनिन ।
बिजया दशमीको दिनदेखि लगातारको झरीका कारण राप्तीनदीमा आएको बाढीले प्रभावित बनाएको राप्तीसोनारी गाउपालिकाको सबै क्षेत्रमा स्थलगत पुगेर प्रभावितको अवस्था बुझ्नुको साथै उनीहरुको उचित व्यवस्थापनको पहल गरेको उनको दाबी छ ।