सदरलाइनडटकम,
नेपालगञ्ज : पतिको कुटपीटबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ । वैजनाथ गाउँपालिका २ नौबस्तास्थित पहाडीपुरका बलसिंह मगरले आइतवार घरायसी विवादमा कुटपीट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलवार मृत्यु भएको हो ।
घाइते दिलमायालाई घटनाको तीन दिनपछि मंगलवार बिहान उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याएको केहीबेरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
उनका अनुसार मदिरा सेवनका विषयमा सामान्य विवाद हुँदा रिसको आवेगमा बलसिंहले श्रीमतीलाई धकेल्दा भित्तामा ठोक्किएर चोट लागेको थियो । तीन दिनसम्म पनि उपचार नपाएपछि दिलमायाको मृत्यु भएको बताइएको छ ।


