२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

जननेता मदन भण्डारीकाे ७४ औं जन्मजयन्तीकाे अवसरमा बृक्षाराेपण



नेपालगञ्ज : नेकपा एमालेका महासचिव स्व. मदन भण्डारीको ७४ औं जन्म जयन्तीको अवसरमा नेपालगन्जमा वृक्षरोपण गरिएको छ । मदन भण्डारी फाउन्डेसनले जिल्ला पार्टी कार्यालय परिसर र एमालेको भातृ संगठन उद्योग व्यवसायी संघले नेपालगन्ज भन्सारको खाली जमिनमा वृक्षरोपण गरेका हुन् ।

फाउन्डेसनको अगुवाईमा पार्टी कार्यालय परिसरमा श्रीखण्ड, कपुर, जामुन, निम, अमला, गुलमोहर, सितलचिनीका सय बढी बिरुवा रोपिएको छ ।

वृक्षरोपण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शान्ति ढकाल, पशुपतिदयाल मिश्र, मो. हारुन, जिल्ला अध्यक्ष निरक गुरुङ, फाउन्डेसन का अध्यक्ष पदम धिताललगायतको उपस्थिति रहेको थियो ।

उद्योग व्यवसायी संघको अगुवाईमा भन्सारमा फलफूल तथा विभिन्न जातका बिरुवा रोपिएको छ ।

प्रकाशित मिति : २०८२ असार १४ गते शनिबार
ताजा समाचार