बाँकेमा आमाको नामबाट वंशजको नागरिकता जारी

सदरलाइन संवाददाता २५ पुष २०८२, शुक्रबार १८:३६
 

नेपालगञ्ज : बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले पहिलो पटक आमाको नामबाट वंशजको आधारमा नागरिकता प्रदान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगञ्ज उपमहानगरपालिका–८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई उनकी ४६ वर्षीया आमा माया कुमारी गोडीयाको नामबाट वंशजको नागरिकता प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी तामाङले संविधान तथा प्रचलित कानुन अनुसार नागरिकको पहिचान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै नागरिकका हकअधिकार सुनिश्चित गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।


उनका अनुसार नागरिकता वितरण प्रक्रियालाई पारदर्शी, सहज र सेवाग्राहीमैत्री बनाउँदै नागरिकका समस्या संवेदनशीलतापूर्वक सम्बोधन गरिँदै आएको छ ।

लामो समयसम्म नागरिकता प्राप्त गर्न नसक्दा शिक्षा, रोजगारी, खेलकुद तथा अन्य आधारभूत सेवाबाट वञ्चित हुँदै आएका गोडीयाले नागरिकता प्राप्त गरेपछि आफूलाई राज्यको वास्तविक नागरिक भएको अनुभूति भएको बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै नागरिकका गुनासो तत्काल सम्बोधन गर्ने नीति लिएको जनाएको छ । कार्यालयभित्र अनुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्दै नागरिकको समय र श्रमको सम्मान गर्ने कार्यसंस्कृति विकास गरिँदै आएको प्रशासनको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निकुञ्ज क्षेत्रमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व रोक्न आवश्यक पहल गर्न आग्रह

२५ पुष २०८२, शुक्रबार १८:३६
नेपालगञ्ज :  पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्वका घटना बढदै गएको प्रति नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणका घटना बढ्दै जाँदा मानव जीवन असुरक्षित बन्दै गएको भन्दै क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीले बाँकेका प्रमुख जिल्ला अधिकारी […]