२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

मैत्रीपूर्ण फुटबलमा आयोजक विजयी



सदरलाइनडटकम,
कोहलपुर :
होलीका अवसरमा बाँकेको कोहलपुरमा सम्पन्न मैत्रिपूर्ण फुटबल प्रतियोगितामा आयोजक कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्च विजयी भएको छ । विद्यार्थी सम्पर्क मञ्चको आयोजनामा पत्रकार र विद्यार्थीबीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता गरिएको हो ।
खेलको पहिलो मिनेटमै सम्पर्क मञ्चका खेलाडीले एक गोल गर्दा टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा २ गोल गरेको मञ्चले दोस्रो हाफमा थप १ गोल गरेको थियो । पत्रकारको टिमले खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्न सकेन । खेलको अन्तिम समयमा पत्रकारको टिमले १ गोल फर्काएको थियो ।
नेपाली सँस्कृतीलाई जगेर्ना गर्दै एकापसमा आत्मियता बढाउने उद्देश्यले प्रतियोगिता गरिएको मन्चका अध्यक्ष टोपराज जैसीले बताए । कोहलपुर नगरपालिका वडा नं. १ का अध्यक्ष गोपी खनालको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो । साथै होली मिलन कार्यक्रमको सभापतित्व मञ्चका अध्यक्ष जैसीले गरेका थिए ।
कोहलपुर नगरपालिका १ कौशिलानगरस्थित कृष्ण माविको खेल मैदानमा भएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा नेकपा प्रदेश नं. ५ कमिटि सदस्य प्रेम भुसाल, नरेन्द्र न्यौपाने, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गणेश शाहि, अनेरास्ववियू केन्द्रीय सदस्य राजेन्द्र बिष्ट, पत्रकार महासंघ ५ नं. प्रदेश सदस्य शिव सुनार, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्ले, प्रेस संगठन बाँकेका सहसंयोजक हेमन्त विक, अनेरास्ववियू जिल्ला संयोजक सुरेन्द्र जंग शाह, राष्ट्रिय युवा संघ नेपाल बाँकेका सहसंयोजक आकास कार्की, नेपाली काँग्रेस कोहलपुर नगर कमिटिका सहसचिव सुशील सापकोटालगायत उपस्थिती थियो ।

प्रकाशित मिति : २०७६ फागुन २८ गते बुधबार
ताजा समाचार