सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. १ साईगाउँका १२ जना युवालाई क्वारेन्टाइनमा राखिएको छ । भारतको दिल्लीबाट सोमवार आएका १२ जनालाई जानकी गाउँपालिका वडा नं. ४ स्थित मानपुरमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो ।
ति युवाहरुलाई वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राईको नेतृत्वमा क्वारेन्टाईन पठाइएको छ । उनीहरु जानकी वडा नं. १ संग जोडिएको नेपाल भारतको खुल्ला सिमा भएर नेपाल आउन लागेका थिए । त्यस्तै फ्रान्सबाट आएकी युवतीसंग विमानमा आएका जानकी गाउँपालिकाका २ जनाको रिर्पोट नेगेटिभ देखिएको छ ।
जानकीको क्वारेन्टाइनमा हालसम्म पाँच जना बसेका थिए । जसमध्ये ४ जनाको परीक्षण नतिजा नेगेटिभ आएको जानकी स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले जानकारी दिए । क्वारेन्टाइनमा वडा नं. १ का २, वडा नं. ४ का २ र वडा नं. ६ का १ जना बसेका छन् भने एक जनाको स्वाब अहिले पठाइएको छैन ।
