२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

कोरोना भाइरसबाट एकदिनमा २,६७३ जनाको मृत्यु (सूचीसहित)



सदरलाइनडटकम,
काठमाडौं  :  कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ६ सय ७३ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै इटलीमा ७ सय ५६ जनाले ज्यान गुमाए ।

स्पेनमा ६ सय २४ जनाले, फ्रान्समा २ सय ९२, बेलायतमा २ सय ९, अमेरिकामा १ सय ४३ र नेदरल्याण्ड्समा १ सय ३२ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितको हिसाबले आज सबैभन्दा धेरै अमेरिकामा ९ हजार ६ सय ६२ जना संक्रमणमा परेका छन् । संसारभर संक्रमितको संख्या ७ लाख ८ हजार २० पुगेको छ ।

ज्यान गुमाउनेको संख्या ३३ हजार ५ सय २९ पुगेको छ । नागरिकखबरबाट

प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार
ताजा समाचार