२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

समाजसेवी शाक्यलाई मातृ शोक



सदरलाइनडटकम,
नेपालगञ्ज : लायन्स क्लब ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ नेपालका पुर्व डिस्टिक गभर्नर, समाजसेवी तथा यस अनलाइनका सल्लाहकार सेम शाक्यलाई मातृ शोक परेको छ ।

उनकी ममतामही माता सन्तकुमारी शाक्यको १०१ बर्षको उमेरमा शनिबार नेपालगञ्जमा निधन भएको हो ।

पाँच छोरी, एक छोरा बुहारी तथा नाती नातिनीको अभिभावक रहेकी माता सन्तकुमारीले शनिबार दिउसो ३ बजे देहत्याग गरेको लायन मुकुट ढकालले जानकारी दिए ।

समाजसेवी तथा यस अनलाइनका सल्लाहकार शाक्यलाई पर्न गएको मातृ शोकको यस दुखद घडिमा सदरलाइन पब्लिकेशन प्रालि परिवारको तर्फबाट मृत आत्माको चीर शान्तिको कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछौ ।

प्रकाशित मिति : २०७६ पुस १९ गते शनिबार
ताजा समाचार