२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

अनुसन्धानमा प्रहरी र वकिलको भूमिका महत्वपूर्ण हुने डीआईजी शाहको भनाई



सदरलाइनडटकम,
दाङ : प्रदेश नं. ५ का प्रहरी नायब महानिरीक्षक शुरेस बिक्रम शाहले अनुसन्धानमा सरकारी वकिलको भूमिका महत्वपूर्ण हुने बताए । उच्च सरकारी वकिल कार्यालय तुलसीपुरले बुधवार आयोजना गरेको समुदायमा सरकारी वकिल र साझेदारी कार्यक्रममा उनले यस्तो बताए ।
उनले प्रहरीले अनुसन्धान गर्ने र सरकारी वकिलले अभियोजन गर्ने भन्दै अपराध अनुसन्धानका लागि प्रहरी र सरकारी वलिकको समन्वय अपरिहार्य रहेको बताए । प्रहरी र सरकारी वकिलको समन्वयविना भोग्नु परेको कठिनाईलाई यसले यो कार्यक्रमले थप सहजता ल्याएको उच्च सरकारी वलिक कार्यालय तुलसीपुरका सहन्यायाधीबक्ता ईश्वरीप्रसाद बञ्जाडेले बताए ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द शारु, जेष्ठ नागरिक नगर समितिका अध्यक्ष ललितबहादुर वली, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७६ मंसिर ४ गते बुधबार
ताजा समाचार