२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

रुपैडिहा बोर्डर कात्तिक ४ गतेसम्मका लागि बन्द



सदरलाइनडटकम,
नेपालगञ्ज : भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा कात्तिक ४ गते हुन लागेको विधान सभाको उपनिर्वाचनमा सुरक्षाको दृष्टिकोणले आज शनिबार साँझ ६ बजेदेखि नेपाल–भारत बोर्डर शिल गरिएको छ ।
भारतमा हुने उपनिर्वाचनको कारण रुपैडिहा बोर्डर आगामी कात्तिक ४ गतेसम्मको लागि आवत जावत बन्द हुने छ ।
बाँकेका प्रहरी प्रमुख बीरबहादुर ओलीले दिएको जानकारी अनुसार भारतको बहराईच बिधान सभा बलाह (आ.जा.) २१ अक्टोबर अर्थात कात्तिक ४ गते हुने उपनिर्वाचनको कारण बाँके बर्दियासंग सिमान जोडिएको क्षेत्रमा कात्तिक ४ गते साँझ ६ बजेसम्मका लागि नेपाल–भारत सीमा क्षेत्रबाट आवत जावत बन्द रहने छ ।

प्रकाशित मिति : २०७६ कात्तिक २ गते शनिबार
ताजा समाचार