नेपालगञ्जमा राष्ट्रिय वालअधिकार दिवसको तयारी

६ भाद्र २०७६, शुक्रबार १८:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  सुनिश्चित बालअधिकार ः समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ नेपालगञ्ज उप–महानगरपालिकाले राष्ट्रिय बालअधिकार दिवस–२०७६ सप्ताहब्यापी कार्यक्रम गरि मनाउने भएको छ ।
नगरस्तरीय बालअधिकार समितिका संयोजक रहेकी नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा शुक्रबार बसेको बैठकले सप्ताहव्यापी कार्यक्रमसहित दिवस मनाउने निर्णय गर्दै त्यसको तयारीलाई तीब्र पारिएको छ ।
सो अवसरमा ¥याली, अन्तरक्रिया, सडक नाटक, ब्यानर प्रदर्शन, वडा स्तरीय बालअधिकार समितिलाई अभिमुखिकरण, विद्यालयस्तरीय अन्तरक्रिया बाल स्वास्थ्य शिविर र बाल स्वास्थ्य शिक्षा कार्यक्रम गरि दिवस मनाउन लागिएको समितिका सचिव समेत रहेकी नेपालगञ्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले जानकारी दिईन । भदौं २९ गतेलाई राष्ट्रिय बालअधिकार दिवसको रुपमा मनाईदै आईएको छ ।

Next Post

दश हजारसहित बर्दियाका सहायक बन अधिकृत पक्राउ

६ भाद्र २०७६, शुक्रबार १८:५१
सदरलाइनडटकम, नेपालगञ्ज : बर्दियाका एक जना सहायक बन अधिकृतलाई अख्तियारले घुस रकमसहित नियन्त्रणमा लिएको छ । सब डिभिजन बन कार्यालय बर्दियामा कार्यरत सहायक बन अधिकृत अनिलकुमार गुप्तालाई दश हजार रकमसहित अख्तियार शुक्रवार नियन्त्रणमा लिएको हो । उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरेवापत गुप्ताले सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा […]