सदरलाइनडटकम,
नेपालगञ्ज : बर्दियाका एक जना सहायक बन अधिकृतलाई अख्तियारले घुस रकमसहित नियन्त्रणमा लिएको छ । सब डिभिजन बन कार्यालय बर्दियामा कार्यरत सहायक बन अधिकृत अनिलकुमार गुप्तालाई दश हजार रकमसहित अख्तियार शुक्रवार नियन्त्रणमा लिएको हो ।
उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरेवापत गुप्ताले सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका सुचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिए ।
बाँसगढीस्थित सब डिभिजन कार्यालय बर्दियामा कार्यरत सहायक बन अधिकृत गुप्तालाई बाँसगढी नगरपालिका वडा नं. ७ देउडाकलाबाट घुस रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
